फिफा विश्वकपः ट्युनिसियामाथि जापानको ४-० गोल अन्तरको जित


काठमाडौं – फिफा विश्वकपको १०००औं खेलमा जापानले ट्युनिसियामाथि ४-० को शानदार जीत हात पारेको छ।

समूह एफमा पहिलो जीत निकालेको जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ। दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ।

मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक-एक गोल गरे।

यो ऐतिहासिक खेललाई फिफाले विशेष दर्जा दिएको छ, जसमा रेफ्रीहरूले १००० अंकित विशेष सुनौलो स्ट्राइप भएको जर्सी लगाएका थिए।

प्रतिक्रिया