
अनुमतिबिना फुटपाथ उत्खनन, कम्पनीलाई १ लाख तिराइयो
काठमाडौं- अनुमति बिना फुटपाथ खनेर क्षति पुर्याएको आरोपमा काठमाडौँ महानगरपालिकाले एक कम्पनीलाई कारबाही गरेको छ।
महानगरपालिकाले होल्डिङ फूड एण्ड बेभरेज प्रा.लि. लाई १ लाख रुपैयाँ जरिवाना तिराएको महानगर प्रहरीले जनाएको छ। जमल क्षेत्रमा अनुमति बिना फुटपाथ खनेर सार्वजनिक संरचनामा क्षति पुर्याएको आरोप उक्त कम्पनीमाथि लागेको हो।
महानगर प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१, जमल क्षेत्रमा बिना अनुमति गरिएको उत्खननका कारण फुटपाथमा क्षति पुगेपछि कारबाही गरिएको हो। अनुमति बिना गरिएको निर्माण तथा उत्खनन कार्यप्रति कडा निगरानी राखिएको महानगरले जनाएको छ।



कागजपत्र |
