
काभ्रे जिससको आगामी नीति : जलवायु उत्थानशील र सुशासन
काभ्रेपलाञ्चोक – जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकले आफ्नो आगामी नीति तथा कार्यक्रममा ‘जलवायु परिवर्तन तथा जलवायु उत्थानशील अभियान’लाई प्राथमिकतामा राखेको छ ।
यसका लागि समितिले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोक ः दिगो समृद्धितर्फको साझा अभियान’लाई आगामी आर्थिक वर्षको मूल सङ्कल्पका रूपमा अघि सारेको हो ।
धुलिखेलमा बिहीबार सम्पन्न नवौँ जिल्लासभा तथा आव २०८२/८३ को प्रगति समीक्षा एवं आव २०८३/८४ को नीति तथा कार्यक्रममा जलवायु परिवर्तनका चुनौतीले खानेपानीका मुहान सुक्दै गएको उल्लेख छ ।
जलाधार संरक्षण, मुहान पुनर्जिवन, हरित ऊर्जा, कार्बन अर्थतन्त्र, जलवायु अनुकूल कृषि, वन संरक्षण तथा वातावरणीय न्यायलाई केन्द्रबिन्दु बनाइने समितिका प्रमुख दीपककुमार गौतमले जानकारी दिए ।



कागजपत्र |
