नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने


काठमाडौं– चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान रहेको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने र अर्थतन्त्रको आकार ६६ खर्बमा पुग्ने बताएका हुन् । जबकी गत वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो ।

आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा बागमती र गण्डकी बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर देशको औसत अवस्थामा भन्दा तल हुने छ । कुल गार्हस्थ्य उत्पादनको संरचनामा कृषि र गैर कृषि क्षेत्रको योगदान क्रमशः २४ र ७६ प्रतिशत रहने अनुमान सर्वेक्षणमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब ९ करोड रहने र जसमा सबैभन्दा धेरै बागमती प्रदेशको ३६.७ प्रतिशत रहने छ ।

प्रतिक्रिया