आज इलिमिनेटरमा सनराइजर्स हैदराबाद र राजस्थान राेयल्स खेल्दै


काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल हुँदैछ । तालिकाको तेस्रो र चौथो स्थानमा रहेका सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स इलिमिनेटरमा भिड्न लागेका हुन् ।

आजको खेलको विजेताले पहिलो पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा आरसिबीसँग ९२ रनमा पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा भिड्न लागेको हो । आरसिबी भने पहिलो क्वालिफायरमा विजयी भएसँगै सिधै फाइनल पुगेको छ ।

आजको खेलमा पराजित हुने टिम भने आईपीएलबाट बाहिरिने छ ।

प्रतिक्रिया