
एसियाली खेलकुद छनाेटः नेपालले आज चीनसँग खेल्दै
काठमाडौं – नेपाली महिला क्रिकेट टोलीले आज एसियाली खेलकुदको महिला छनोटको समूह चरणमा चीनसँग खेल्दैछ।
चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली टिमले ८७ महिनापछि खेल्न लागेको हाे। नेपाल र चीनबीचको खेल आज बिहान ११ः४५ बजेबाट मलेसियाको वायोमास ओभलमा हुनेछ।
नेपाल र चीनबीच सन् २०१९ को फेब्रुअरीपछि पहिलो पटक हुन लागेको हो।
छनोटको पहिलो दिन इन्डोनेसियालाई हराएर सुखद सुरुवात गरेको चीन नेपालसँगको खेल जितेर छनोट हुने लक्ष्यमा छ। नेपालको भने पहिलो खेल हो।
चीनविरुद्ध नेपाली महिला टोलीलाई तेस्रोपटक मैदान उत्रदैछ। यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ। चीनसँगको ट्वान्टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक १२ जनवरी २०१९ मा भेट भएको थियो ।
पहिलो भेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल ५ रनले विजयी भएको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को पछिल्लो वरियतामा नेपाल २२औं स्थानमा रहँदा चीन भने ४३औं स्थानमा छन्।



कागजपत्र |
