ललितपुरमा जिपको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु


काठमाडौं – ललितपुर महानगरपालिका–१५ स्थित ज्ञाननगर टोलमा जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाही घर भई हाल ललितपुरको हात्तिवन बस्दै आएका अनिरुद्र प्रसाद साहकी ८ वर्षीया छोरी रोशनी साह रहेकी छन्।

शनिबार दिउँसो करिब साढे ३ बजे ज्ञाननगर टोलमा सडक पार गर्ने क्रममा प्र.०१–०३३ च ८७८० नम्बरको जिपले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी रोशनीलाई तत्काल उपचारका लागि बी एण्ड बी अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा शनिबार साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनापछि प्रहरीले जिप चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर हात्तिवन बस्ने २१ वर्षीय रोशन श्रेष्ठलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए।

प्रतिक्रिया