
कामु प्रधान न्यायाधीशको आदेश नमानिएको भन्दै बार आक्रोशित
काठमाडौ- सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमबारे धारणा सार्वजनिक गर्न नेपाल बार एसोसिएसनले सोमबार आकस्मिक बैठक बोलाएको छ ।
नेपाल बारका महासचिव केदार कोइरालाका अनुसार संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको विषयविरुद्ध दायर रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको तथा लामो समयसम्म होल्डमा राखिएको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
उनले कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले जारी गरेको आदेश, त्यसको कार्यान्वयनको अवस्था तथा प्रतिनिधिसभाका केही सांसदहरूले व्यक्त गरेका धारणाबारे पनि बैठकमा छलफल हुने जानकारी दिए ।
सोमबार कामु प्रधान न्यायाधीश मल्लले केही रिट तथा निवेदन लामो समयदेखि रोकिएको भन्दै तत्काल दर्ता गर्न र मंगलबारका लागि पेसी तोक्न सर्वोच्च प्रशासनलाई आदेश दिएकी थिइन् ।
तर, सर्वोच्च प्रशासनले उक्त आदेश कार्यान्वयन नगरेको भन्दै नेपाल बार एसोसिएसनले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न आकस्मिक बैठक बोलाएको जनाएको छ ।



कागजपत्र |
