भारतमा कोरोना भाइरस नियन्त्रण बाहिर, २४ घण्टा २ लाख १७ हजार बढीमा संक्रमण


काठमाडौं – पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण नियन्त्रण भन्दा बाहिर गएको देखिन्छ । भारतमा हाल दैनिक लाखौंको संख्यामा कोरोनना भाइरस संक्रमण देखिन थालेको छ ।

पछिल्लो २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ९१ हजार ९१७ पुगेको छ ।

सन् २०२१ शुरु भएयता एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँ बिहीवार २ लाख १७ हजार ३५३ जना कोरोना संक्रमित भेटिएका छन् ।

त्यस्तै भारतमा गत २४ घण्टामा कोरोनाका कारण ११ सय ८५ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३०८ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख नाघेको छ ।

गत २४ घण्टामा महाराष्ट्रमा सबैभन्दा धेरै ६१ हजार ६९५ संक्रमित फेला परेका छन् । दोस्रो नम्बरमा उत्तर प्रदेश रहेको छ । त्यहाँ २२ हजार ३३९ संक्रमित फेला परेका छन् । त्यस्तै दिल्लीमा १६ हजार ६९९, छत्तिसगढमा १५ हजार २५६, कर्नाटकमा १४ हजार ७३८ र मध्य प्रदेशमा १० हजार १६६ जना संक्रमित फेला परेका पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया