बैरेनीमा दुई यात्रुबहाक बस ठोक्किँदा १२ जना घाइते


काठमाडाैं – धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा १२ जना घाइते भएका छन् ।

धादिङको गल्छी ६, बैरेनीस्थित मूल सडकमा गएराति दुई बस आपसमा ठोकिँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । तीमध्ये ३ को अवस्था गम्भीर छ ।

काठमाडौंबाट पोखरा र वीरगञ्ज जान लागेका दुई बस एकआपसमा ठोक्किएका थिए ।

घाइतेहरूलाई प्रहरीले राति नै उद्धार गरी अस्पताल पठाएको थियो । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया