
काठमाडौंको पशुपति क्षेत्रमा बेवारिसे ग्रिनेड भेटियो
काठमाडौं- काठमाडौं महानगरपालिका–९ स्थित पशुपति राममन्दिर नजिकै ह्याण्ड ग्रिनेड फेला परेको छ । प्रहरीका अनुसार सो क्षेत्रमा बेवारिसे अवस्थामा ३ वटा ह्याण्ड ग्रिनेड भेटिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार जङ्गल क्षेत्रभित्र भेटिएका ती ग्रिनेड सुरक्षित रूपमा सेनाको टोलीले डिस्पोज गरेको छ ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालाले काम अघि बढाएको छ ।
प्रहरीले ती ग्रिनेड कसरी त्यहाँ पुगे भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक आशङ्काअनुसार ती ग्रिनेड हालै भएका प्रदर्शनका क्रममा ल्याएर फालिएको हुनसक्ने अनुमान गरिएको छ ।



कागजपत्र |
