
विभिन्न जिल्लाबाट लागुऔषधसहित १३ जना पक्राउ
काठमाडौं- नियमित गस्ती तथा निगरानीका क्रममा प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की तथा ललितपुर जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइनसहित चिकित्सकको सिफारिसबिना बिक्री–वितरण गर्न नमिल्ने फेनारगन, डाइजेपाम, लुपिजेसिक र बुप्रेनोर्फिनजस्ता औषधि बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



कागजपत्र |
