पूर्वराजा ज्ञानेन्द्र मनकामना जाँदै, केही दिन त्यहीँ बस्ने


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित मनकामना जाने भनेका छन् । पूर्वराजा ज्ञानेन्द्र शुक्रबार मनकामना परिवारसहित जाने कार्यक्रम रहेको जनाइएको छ ।

केही दिनदेखि निजी भ्रमणका लागि पोखरामा रहेका ज्ञानेन्द्रको परिवार केबलकार हुँदै मनकामना पुग्ने जनाइएको छ । उनी केही दिन मनकामनास्थित मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पामा बस्ने कार्यक्रम रहेको जनाइएको छ । चैत १ गतेदेखि सफ्ट ओपनिङ गरेको यस होटल सोल्टी होटलको व्यवस्थापनमा रहेको जनाइएको छ ।

मनकामना रहँदा मन्दिरको दर्शनका साथै स्थानीयहरुसँग भेटघाट गर्ने प्रारम्भिक कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया