
नेपाल र ओमानबीचको खेल हेर्न मन्त्री पोखरेल पुगे कीर्तिपुर
काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल नेपाल र ओमानबीचको महत्त्वपूर्ण क्रिकेट खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका छन्।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । नेपालले पहिले ब्याटिङ गर्दै ४९.५ ओभरमा २५६ रन बनाउँदै ओमानलाई २५७ रनको लक्ष्य दिएको छ ।
नेपाली इनिङ सकिएपछि क्रिटे मैदान पुगेका मन्त्री पोखरेललाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्काले स्वागत गरेका थिए।
पछिल्लो समय नेपालको क्रिकेटमा दर्शकको उपस्थिति न्यून रहेको छ । क्यानले यसअघिका खेलमा टिकटका लागि ४ सय रुपैयाँ तोकेपनि दर्शक कम भएपछि २०० मा झारेको थियो । तर, रंगशालामा दर्शक भने न्यून नै छन् ।



कागजपत्र |
