राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी


काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन्।

यसअघि मन्त्रीपरिषद्ले सिफारिस गरेको सोही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश सिफारिस गरेपछि राष्ट्रपतिले मंगलबार उक्त अध्यादेश जारी गरेका हुन्।

प्रतिक्रिया