
धोबीखोला आसपासका अतिक्रमित संरचना हटाइँदै
काठमाडौं- काठमाडौं महानगरपालिकाले धोबीखोलाको देवीनगर क्षेत्रमा अतिक्रमण गरेर बनाइएका पक्की संरचनाहरू हटाउने काम सुरु गरेको छ। महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार नदीकिनारमा फैलिएको अवैध बस्ती नियन्त्रण गर्ने अभियानअन्तर्गत आजदेखि उक्त क्षेत्रमा डोजर चलाइएको हो।
उनले बागमती तथा सहायक नदीका किनारमा बनेका अतिक्रमित बस्ती हटाउने कार्य निरन्तर रूपमा अघि बढिरहेको बताए। यसअघि सरकारले बल्खु र कालीमाटी क्षेत्रका नदीकिनारमा रहेका जोखिमयुक्त बस्ती हटाइसकेको छ।
महानगरका अनुसार उपत्यकाभर सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनाइएका दुई हजारभन्दा बढी घरटहरा हालसम्म हटाइसकिएको छ। बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई अस्थायी रूपमा ‘होल्डिङ सेन्टर’ मा राखिएको छ भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भूमिहीनहरूको तथ्यांक संकलन भइरहेको छ।



कागजपत्र |
