

राजधानीमा ठूलो हुरीबतास, सतर्क रहनुहोला

काठमाडौं – राजधानीमा ठूलो हुरीबतास चलेसँगै राजधानीमा बिद्युत अवरुद्ध बनेको छ ।
नेपाल विद्युत प्राधिकरणले हुरीबताससँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको जनाएको छ ।
हावाहुरीले कतिपय स्थानमा विद्युत पोल ढल्नुका साथै कतिपय स्थानको विद्युत भने सम्भावित क्षति नहोस् भनेर बन्द गरिएको बताइएको छ ।
राजधानीमा बिहीबार राति ९ करिब बजेदेखि हावाहुरी चल्न थालेको थियो भने जसका कारण जनजीवन प्रभावित हुन पुग्यो।
करिब आधा घण्टा तीव्र बेगका साथ हुरी चलेको थियो भने अहिले केही कमी भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति नै देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भइरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा रहेको जनाउँदै सर्तक रहन अनुरोध गरेको छ । हावाहुरीका कारण घरका छाना उडाउने, रुख भाँचिनेलगायतका दुर्घटना निम्तिन सक्ने भन्दै सर्वसाधारणलाई बाहिर ननिस्कन महाशाखाले आग्रह गरेको छ ।

