
डोजर त्रासः घरअगाडि लालपुर्जा टाँस्दै बुद्धनगरका स्थानीय
काठमाडौं – काठमाडौं महानगरपालिकाले बागमती किनारका अनधिकृत संरचना हटाउने अभियान तीव्र पारेसँगै बुद्धनगर क्षेत्रका स्थानीय त्रसित बनेका छन्। डोजर पुगेर भत्काउने प्रक्रिया सुरु हुने संकेत देखिएपछि त्यहाँका बासिन्दाले आफ्नो घरअगाडि नै जग्गाको लालपुर्जा र नक्सापास टाँस्न थालेका छन्।
स्थानीयका अनुसार आफूहरू वैधानिक रूपमा बसोबास गर्दै आए पनि हुलमुलमा डोजर चल्दा कागजात नहेरी संरचना भत्काइने डरले यस्तो कदम चालिएको हो। “हामीसँग सबै कागज छ, तर कसैले हेरेन भने के गर्ने?” एक स्थानीयले गुनासो गरे।
भत्काउने सूचीमा परेका तर आवश्यक कागजात भएका घरधनीहरूले विशेषगरी आफ्नो वैधानिकता देखाउन घरको बाहिरी भागमै लालपुर्जा र नक्सा टाँसेका छन्। उनीहरूले अहिलेसम्म घरभित्रका सामानसमेत नसारेको बताएका छन्।



कागजपत्र |
