टेकु अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु


काठमाडौं – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।

भक्तपुर बस्दै आएका ४९ वर्षीय उपचाररत् पुरूषको गएराति १ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए।

मृतक पुरूष १५ दिनअघि अस्पतालमा भर्ना भएको र भन्टिलेटरमा राखेर उपचार गरिएको जनाए। उनलाई निमोनियाको समस्या रहेको थियो।

मृतक पुरूष केही समयअघि भारत पुगेर आएका थिए। पछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। मृतक संक्रमित पुरुषको शव व्यवस्थापन भइसकेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया