एकै घरका ३ दिदीबहिनी सातै महादेशका शिखर आरोहण गर्दै, सञ्चारमन्त्रीद्वारा बिदाइ


काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिम आरोही टोलीलाई आज बिदाइ गरेका छन् ।

मन्त्रालयद्वारा आज आयोजित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान टोलीलाई बिदाइ’ कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर सो टोलीलाई बिदाइ गरेका हुन् ।

दोलखा, गौरीशङ्कर गाउँपालिका-९ बेदिङका एकै घरका तीन दिदीबहिनी ३० वर्षीया निमाजाङ्बु, २६ वर्षीया छिरिङनाम्गे र २४ वर्षीया दावाफुटी शेर्पाले शुक्रबारदेखि सातै महादेशका सात अग्ला शिखर आरोहण गर्नेछ ।

आरोहीको तीन वर्षभित्र सातै हिम आरोहण गर्ने योजना छ । सो अवसरमा सरकारका प्रवक्ता गुरुङले आरोहण सफल बनाउन मन्त्रालयले सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया