
रास्वपाले प्रधानमन्त्रीदेखि स्वकीयसम्मका लागि लेबी तोक्यो
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री, मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीले पार्टीलाई बुझाउनुपर्ने मासिक लेबी निर्धारण गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त प्रस्ताव पारित गरेको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ, सांसदहरूले १६ हजार ५ सय रुपैयाँ र स्वकीय कर्मचारीहरूले २ हजार रुपैयाँ लेबी पार्टीमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
यद्यपि, सांसदहरूले स्वकीय कर्मचारी राख्न पाउने वा नपाउने विषयमा भने अझै औपचारिक निर्णय भइसकेको छैन।
हाल रास्वपाका १८२ जना सांसद र १६ जना मन्त्री रहेका छन्।



कागजपत्र |
