बालुवाटारले कसरी ‘ट्रयाप’मा पार्छ? यसो भन्छन् माओवादी अध्यक्ष प्रचण्ड


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेर सरकार र एमालेतिर लागेका नेताका विषयमा टिप्पणी गरेका छन्।

एउटा अन्तरवार्ताका क्रममा उनले वैचारिक विचलन र स्वार्थका कारण सत्तासँग टाँसिने र कतिपय भने बाध्यताका कारण त्यहाँ पुगेको बताएका छन्।

सत्तासँग माओवादीले सम्झौता गरेको बेला र त्यसपछि यस्ता घटना हुने गरेको खुलाएका प्रचण्ड भन्छन्,‘कतिपय नेतालाईचाहिँ बालुवाटारले ट्रयापमा पार्ने गरेको छ।’

कस्तो ट्रयाप? प्रचण्डले धेरै विषयमा खुलेर बोल्न नचाहे पनि सरकार र बालुवाटारले विभिन्न प्रकारका टेपलगायत बनाएर मानिसलाई फँसाउने गरेकाले पनि केही नेता त्यता टाँसिएको टिप्पणी गरेका छन्।

उनी भन्छन्,‘बालुवाटारबाट कस्ता कस्ता टेप बनाइन्छ, बनाउनका परिचालित छन् भन्ने त देखिएकै छ नि, धेरै कुरा नभनौं।’

प्रतिक्रिया