संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य


काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्।

त्यसअघि संसदको दुवै सदनको संयुक्त बैठकलाई भोलि शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यसूची छ।

12-26_अधिवेशन-अन्त्य_विज्ञप्ति-1775733631.jpg

 

प्रतिक्रिया