पूर्वमन्त्री दीपक खड्कालाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति


काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थप ७ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलले प्रहरीको मागअनुसार खड्कालाई थप समय थुनामा राख्न अनुमति दिएका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई चैत १५ गते पक्राउ गरेको थियो।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा ऊर्जामन्त्री रहेका खड्कामाथि हाल सम्पत्ति शुद्धीकरणको कसुरमा विस्तृत अनुसन्धान भइरहेको छ।

अदालतको अनुमतिसँगै प्रहरीले उनलाई थुनामै राखेर थप प्रमाण संकलन र अनुसन्धान प्रक्रिया अघि बढाउने भएको छ।

प्रतिक्रिया