प्रधानमन्त्री शाहको मधेशका सांसदसँग परामर्श


काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन् ।

बुधबार आयोजित उक्त भेटघाटमा छोटो अवधिमा कार्यान्वयन गर्न सकिने योजना तथा प्राथमिकताबारे विचार–विमर्श गरिएको हो । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा मधेश प्रदेशका करिब ३० जना सांसदको सहभागिता रहेको बताइएको छ ।

बैठकमा आगामी बजेटमा समेट्न सकिने कार्यक्रम, क्षेत्रीय आवश्यकता तथा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरूबारे सांसदहरूले आफ्ना धारणा राखेका थिए ।

यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग पनि यस्तै छलफल गरिसकेका छन् । सोही श्रृंखलाअन्तर्गत मधेश प्रदेशका सांसदसँग समेत परामर्श जारी राखिएको हो ।

प्रतिक्रिया