मध्यरातमा मुगु केन्द्रबिन्दु भइ ४ म्याग्निच्युडको भूकम्प


काठमाडौं – मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको धैनकोट आसपास केन्द्रविन्दु भएर गएराति २ बजेर २२ मिनेटमा भूकम्प गएको हो ।

आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पबाट के कति असर भयो भन्ने बारेमा विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया