

सातदोबाटोबाट कोटेश्वर जाँदै गरेको टिपरमा आगलागी

काठमाडौँ – ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै एक टिपरमा आगलागी भएको छ।
मंगलबार राति पौने १२ बजे ललितपुर महानगरपालिका-१७ बिएन्डबी अस्पताल नजिकै चक्रपथ सडकमा एक टिपरमा आगलागी भएको हो।
सातदोबाटोबाट कोटेश्वर जाँदै गरेको बा २ ख ६८८७ नम्बरको टिपरमा आगलागी भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।
वृत्तका अनुसार ढुंगामाटो (चिप्स) बोकेको उक्त टिपरमा अचानक आगलागी भएको थियो। उक्त खबरपछि वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेसहितको टोली खटिएको थियो।
प्रहरी स्थानीय र ललितपुर महानगरको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। आगलागी बुधबार बिहान १ बजे नियन्त्रणमा आएको थियो। प्रहरीका अनुसार मानवीय क्षति भएको छैन।

