
उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धक सुरेन्द्र पौडेलसँग १५ लाख धरौटी माग
काठमाडौं- उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक सुरेन्द्र पौडेलसँग विशेष अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेल महाप्रबन्धक रहेका बेला कम्पनीमा १२ करोड ४७ लाख २२ हजार रुपैयाँ बराबरको हिनामिना भएको आरोप लगाउँदै गत माघ १८ गते मुद्दा दायर गरेको थियो।
बुधबार विशेष अदालतमा उपस्थित भएका पौडेलमाथि न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्रारम्भिक सुनुवाइपछि प्रमाण परीक्षण हुँदै जाने भन्दै हालका लागि १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
पौडेल पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष थिए। भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी उक्त पदबाट निलम्बनमा परेका छन्।



कागजपत्र |
