
सुनको मूल्यमा लगातार गिरावट, ६५०० रूपैयाँले घट्दा कतिमा हुँदैछ कारोबार?
काठमाडौं – पछिल्लो समय सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ ।
नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ५४० रुपैयाँ कायम भएको चाँदी सोमबार घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।



कागजपत्र |
