ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक महिलाको मृत्यु, चार घाइते


ललितपुर –  ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित एक इँट्टाभट्टामा आइतबार पर्खाल भत्किँदा च्यापिएर एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्का रहेकी छन्। गम्भीर घाइते भएकी खड्काको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका छन्। घाइतेमध्ये चन्दलाई थप उपचारका लागि मोडल अस्पताल रेफर गरिएको छ।

प्रहरी वृत्त सातदोबाटो बाट खटिएको टोलीले उद्धार तथा घटनाबारे थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया