प्रतितोला ४८ सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेर तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबारमा सुनको भाउ तीन लाख १४ हजार २०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यस दिन तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको छ ।

शुक्रबार, पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया