
सप्तरी–३ मा रास्वपाको जित, सीके राउत तेस्रो स्थानमा
राजविराज — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ मा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजी यादव निर्वाचित भएका छन्।
निर्वाचन परिणामअनुसार रास्वपाका उम्मेदवार यादवले २८ हजार ४०४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उमेश कुमार यादवले १४ हजार २६३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे।
त्यसैगरी जनमत पार्टीका अध्यक्ष सीके राउतले ९ हजार ८८० मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएका छन्।
चौथो स्थानमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह रहेका छन्। स्वाभिमान पार्टीका उम्मेदवार सिंहले ३ हजार ५५७ मत प्राप्त गरेका छन्। यसअघि उनी जनमत पार्टीबाटै प्रदेशसभा सदस्यमा निर्वाचित भई मधेस प्रदेशको मुख्यमन्त्री बनेका थिए।
त्यस्तै नेपाली कांग्रेसका रामकुमार यादवले २ हजार ४९८ मत प्राप्त गरेका छन्।
यस परिणामसँगै सप्तरी–३ मा रास्वपाले अप्रत्याशित जित निकाल्दै प्रमुख राजनीतिक दलहरूलाई पछि पारेको छ।



कागजपत्र |
