
मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्– हामीले कर्तव्य पूरा गर्यौँ
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गरेको बताएकी छन्।
काठमाडौँको धापासी हाइटस्थित मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले देशमा निर्वाचन सम्पन्न गराउने कर्तव्य पूरा गर्न पाएकोमा आफू खुसी भएको बताइन्।
उनले भनिन्, ‘हामीलाई दिइएको कर्तव्य पूरा गर्यौँ, म आज निकै खुसी छु। आज देशमा निर्वाचन भयो।’
२३ र २४ भदौमा भएको जेन–जी प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। त्यसपछि २७ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले आगामी राजनीतिक निकासका लागि २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज देशभर मतदान भइरहेको छ।



कागजपत्र |
