आफैंलाई भोट दिन नपाउने प्रधानमन्त्रीका ३ उम्मेदवार !


काठमाडौं – अहिले बिहान ७ बजेदेखि प्रतिनिधिसभाको मतदान सुरु भइसकेको छ ।

अहिलेसम्म ३ राजनीतिक दलले भावी प्रधानमन्त्रीका रूपमा उम्मेदवार घोषणा गर्दै चुनावी मैदानमा उत्रिएका छन् । त्यसमा एउटा संयोग के जुटेको छ भने आफूलाई भावी प्रधानमन्त्री घोषित गरेका तीनै जना उम्मेदवारले आफूलाई भने भोट गर्न पाउनेछैनन् ।

विशेष महाधिवेशनबाट कांग्रेसको बागडोर सम्हाल्दै भावि प्रधानमन्त्रीका उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापति गगन थापाले मैतीदेवी मयुर कुण्ड मतदान केन्द्रबाट बिहान ७ः३० बजे मतदान गर्ने कार्यक्रम छ । उनले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै झापा–५ बाट उम्मेदवारी दिँदै प्रधानमन्त्रीका उम्मेदवारका रुपमा रहेका नेकपा एमाले अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्ने छन् ।

अर्का प्रधानमन्त्रीका उम्मेदवार बालेन साहले सिनामंगलस्थित अन्नपूर्ण विनायक स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेभएका छन् ।

प्रतिक्रिया