क्रिकेटर करण केसी र पत्रकार वर्षा बस्नेत विवाह बन्धनमा


काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी र रंग पत्रकार वर्षा बस्नेत विवाह बन्धनमा बाँधिएका छन्।

पत्रकार बस्नेतले वैवाहिक जीवनको नयाँ अध्याय सुरु भएको खुसी साट्दै आफ्नो विवाहका तस्बिरहरू सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छन्।

उनीहरूको विवाह फागुन ८ गते भारतको चण्डीगढमा सम्पन्न भएको हो।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका करण र वर्षाले अन्ततः आफ्नो प्रेमलाई विवाहमा परिणत गर्दै नयाँ जीवनयात्रा सुरु गरेका हुन्।

प्रतिक्रिया