उदयपुरमा बस दुर्घटना, १२ जना घाइते


उदयपुर – सोमबार बिहान उदयपुरमा यात्रुवाहक बस दुर्घटनामा परेका कारण १२ जना घाइते भएका छन्। दुर्घटना कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस उदयपुरगढी गाउँपालिका–७, अधेरी जोगी टोलमा भएको हो।

सशस्त्र प्रहरी बलले दुर्घटनामा १२ जनाभन्दा बढी घाइते भएको पुष्टि गरेको छ। दुर्घटनापछि **सशस्त्र प्रहरी बल नं.५ गण उदयपुरको क्युआरटी टोली तुरुन्त घटनास्थलमा पुगेको थियो। टोलीले घाइतेहरूको उद्धार गरी नजिकको अस्पतालमा उपचारका लागि पठाएको जानकारी दिइएको छ।

प्रहरीका अनुसार बसको ब्रेक फेल भएको कारण सडकबाट करिब ३०–४० फिट तल खसेको अनुमान गरिएको छ। दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया