
राष्ट्रिय सभाको अधिवेशन अन्त्य
काठमाडौं – राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम फागुन १ गते शुक्रबारदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको हो ।
संसद् सचिवालयका अनुसार नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधि सभा र नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य सम्मिलित दुवै सभाको बैठक अब अर्को अधिवेशनमा सँगै बस्ने छ ।



कागजपत्र |
