सशस्त्र प्रहरीका एसपी घिमिरेको निधन


काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकको क्रममा सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ।

मोरङको बिराटचोकमा शुक्रबार भएको डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहँदा घिमिरे अचानक बेहोस भएर ढलेका थिए ।

उपचारका लागि उनलाई विराट मेडिकल कलेज पुर्‍याइएको थियो । राति ८ बजेर ५२ मिनेटमा चिकित्सकहरूले उनको मृत्यु भएको पुष्टि गरेका हुन् ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले मृत्युको पुष्टि गरे । प्रहरीका अनुसार घिमिरेलाई उच्च रक्तचापको समस्या समेत रहेको थियो ।

बैठकका क्रममा ढलेका उनको जिब्रो काटिएको थियो र स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनको शव अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । आफन्त र परिवारका सदस्यलाई खबर भइसकेको अस्पतालले जनाएको छ।

 

प्रतिक्रिया