
कैलालीमा डडेल्धुराका युवक मृत फेला
डडेल्धुरा – डडेल्धुराका एक युवक कैलालीको धनगढीमा मृत अवस्थामा फेला परेका छन्।
डडेल्धुराको अजयमेरू गाउँपालिका–२ रोल्ली बस्ने २३ वर्षीय मुकुन्दराज जोशी धनगढीमा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार जोशी १९ गतेदेखि सम्पर्कविहीन थिए। आफन्त र प्रहरीले खोजतलास गर्दा बिहीबार धनगढी उपमहानगरपालिका–७ मा रहेको देवहरिया वनस्पती उद्यान (जाखोर ताल) पछाडिको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान भइरहेको जनाएको छ ।



कागजपत्र |
