
ओली आज गृहजिल्ला जाँदै
काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार रहेका ओली चुनावी प्रचारप्रसारका कार्यक्रमका लागि झापा प्रस्थान गर्न लागेका हुन्। झापा ओलीको गृहजिल्ला समेत हो।
ओली निकट स्रोतका अनुसार उनी आज मध्यान्ह हवाई मार्गमार्फत झापा पुग्ने कार्यक्रम रहेको छ। झापामा रहँदा उनले विभिन्न चुनावी कार्यक्रम तथा भेटघाटमा सहभागी हुने बताइएको छ।



कागजपत्र |
