प्लास्टर गर्ने क्रममा माटोको ढिस्को खस्यो, पुरिएका दुई जनाको सेनाद्वारा उद्धार


काठमाडौं- धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङघाटमा माटोको ढिस्को खस्दा पुरिएका दुई जनाको सकुशल उद्धार गरिएको छ।

स्थानीय एक घरको प्लास्टर गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा दुई जना पुरुष पुरिएका थिए। घटनाको जानकारी पाएलगत्तै गजुरीबाट खटिएको नेपाली सेनाको टोलीले उद्धार कार्य अघि बढाएको हो।

भैरव दल गणको सक्रियतामा उद्धार गरिएका दुवै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

घटनापछि स्थानीय क्षेत्रमा केही समय त्रासको वातावरण बनेको थियो भने समयमै उद्धार हुन सकेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।

प्रतिक्रिया