राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान


काठमाडौं- राष्ट्रिय सभा निर्वाचनमा आज उच्च मतदान सहभागिता देखिएको छ। निर्वाचन आयोगका अनुसार रिक्त १८ सदस्य पदका लागि आज बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म भएको मतदानमा ९५.६८ प्रतिशत मतदाता उपस्थित भएका छन्।

निर्वाचन आयोगले सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।

मतपरिणाम आजै सार्वजनिक हुने सम्भावना रहेको जानकारी दिइएको छ।

rastriye-sabha-1769337990.png

प्रतिक्रिया