जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय


काठमाडौं-  सरकारले २०८२ साल भदौ २३–२४ गते भएका प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानविन गर्न गठन गरिएको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। यो निर्णय बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, “आयोगलाई समयसीमा थप गरी व्यवस्थित ढंगले प्रतिवेदन तयार गर्न अवसर दिएको हो। आयोगले निर्धारित समयभित्र विस्तृत प्रतिवेदन पेस गर्नेछ।”

उक्त आयोगले प्रदर्शनका क्रममा भएको क्षति, मानिसमाथि परेको असर र घटना व्यवस्थित ढंगले नदिएका कारण जनतामा देखिएको असन्तोषको पूर्ण तथ्यांक संकलन गर्ने जिम्मेवारी पाएको छ।

 

 

प्रतिक्रिया