
नेदरल्यान्डसँग नेपाल २ रनले पराजित
काठमाडाैं- आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नेदरल्यान्डले २ रनको झिनो अन्तरले पराजित गरेको हो ।
नेदरल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा १३८ रन मात्र जोड्न सक्यो । लगातार तेस्रो जितसँगै नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ।
प्रतियोगितामा दश टोली छन् भने शीर्ष चार टोली सन् २०२६ को जुनमा इंग्ल्यान्ड र वेल्समा हुने टी-२० विश्वकपमा पुग्नेछन् ।
नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । समूह चरणको तेस्रो खेलमा नेपालले शनिबार जिम्बाव्बेसँग खेल्नेछ।



कागजपत्र |
