सहकारी ठगी प्रकरण : पर्सा अदालतले माग्यो रवि लामिछानेसँग एक करोड धरौटी


काठमाडौं-  पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश गरेको छ ।

मंगलबार सहकारी ठगी मुद्दामा लामिछानेलाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड धरौटी माग्ने आदेश गरेको हो ।

धरौटी बुझाउने प्रक्रियामा रहेको पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

लामिछाने मंगलबार नै पर्सा जिल्ला अदालत पुगेर बयान दिएका थिए ।

प्रतिक्रिया