राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु


काठमाडौं-  राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबार सिंहदरबारस्थित संघीय संसद सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा सुरु भएको छ।

बैठकको उद्घाटन गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सबै सदस्यहरूलाई स्वागत गरेका थिए। उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि सभामा पढेर सुनाएका थिए। साथै, लोकतन्त्रको विकासमा योगदान पुर्‍याएका सहिदहरूप्रति सम्मान स्वरूप मौन धारण गरिएको थियो।

बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। कञ्चनपुर निवासी बोहरा २००८ मा जन्मेका थिए र गत पुस ३० गते निधन भएका थिए। उनी २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए भने २०८० सालमा राष्ट्रियसभामा प्रवेश गरेका थिए।

राष्ट्रियसभाको अर्को बैठक यही माघ ९ गते शुक्रबार बोलाइएको छ।

प्रतिक्रिया