
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे मन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल आयोजना गर्ने भएकी छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ। बैठकमा मन्त्रीसहित आयोगका उच्च पदाधिकारीहरू सहभागी हुनेछन्।
रावलका अनुसार छलफलको मुख्य विषय निर्वाचन आचारसंहितासँग सम्बन्धित हुने छ।



कागजपत्र |
