
४ हजार १ सय रूपैयाँले बढ्यो सुनको मूल्य, पुग्यो ऐतिहासिक उचाइमा
काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।
आजको कारोबारमा सुनको मूल्य बढेसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २०५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।



कागजपत्र |
