
प्रतिनिधिसभा निर्वाचनः बन्दसूचीका उम्मेदवारले भाेलिसम्म नाम फिर्ता लिनसक्ने
काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते पेस गरिएको समानुपातिक बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूले चाहेमा नाम फिर्ता लिन सक्ने जनाएको छ।
आयोगले आइतबार सूचना प्रकाशित गर्दै बन्दसूचीमा नाम रहेका व्यक्तिहरूले पुस २८ गतेसम्म आयोगमा उपस्थित भई नाम फिर्ता लिन निवेदन दिन सक्ने जानकारी दिएको हो।
सूचनामा भनिएको छ, ‘बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने छ।’
कुनै कारणवश सम्बन्धित उम्मेदवार स्वयं उपस्थित हुन नसक्ने अवस्थामा वारेसमार्फत समेत नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ। निवेदन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा दिनुपर्नेछ।




कागजपत्र |
