
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि
काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ।
विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यका अनुसार बिहान ८ बजेबाट बन्दसत्र प्रारम्भ हुनेछ। हाल महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ।
पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला बोलाइएको यो विशेष महाधिवेशनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।



कागजपत्र |
